१७ आश्विन २०८१, बिहिबार

आज तीजको दर खाने दिन

प्रकाशित मिति :  17 September, 2023 9:48 am


काठमाडौँ । आज भाद्र द्वितिया अर्थात दर खाने दिन । हिन्दु परम्परा अनुसार आज हरितालिका तीजको अघिल्लो दिन दर खाने दिनमा छोरीचेलीलाइ माइतीघरमा दर खुवाउने चलन रहेको छ ।

आजको दिनबाट तीज शुरु हुन्छ । हिन्दु धर्ममा तीजको ब्रत बस्ने छोरी चेलीले दरखाने दिन रातको १२ बजेसम्ममा दर खाने चलन छ । तीजको निर्जल निराहार व्रतबस्न चलन रहेकाले दर खाने दिनको रातको १२ बजेसम्म दर खानाले अर्को दिन तीजको ब्रतको बस्ने शक्ति प्राप्त हुने विश्वास छ ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयाको दिन व्रत बस्दा महादेव स्वामी पाएको विश्वास रहेको छ । दरमा खिर, ढकने, सेलरोटी, केरा जस्ता मिठामिठा परिकार खाइन्छ ।



प्रतिक्रिया दिनुहोस !