१७ आश्विन २०८१, बिहिबार

स्याङ्जामा अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी आरोपमा दुई पक्राउ

प्रकाशित मिति :  17 September, 2023 12:18 pm


काठमाडौँ । स्याङ्जामा अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर ८ डाँडास्वारा बस्ने २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

उनीहरूले घरमा बसिरहेको बौद्धिक अपाङ्गता भएकी महिलालाई भदौ २० गते जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

दुबै जनालाई जबरजस्ती करणी मुद्धा दर्ता गरी शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !