१७ आश्विन २०८१, बिहिबार

चक्कु प्रहारबाट स्याङ्जाको वालिङमा एक जना घाइते

प्रकाशित मिति :  18 September, 2023 11:46 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० मा एक युवकमाथि आइतबार साँझ चक्कु प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाका अनुसार वालिङ नगरपालिका वडा नम्बर १० पण्डितथोक बस्ने २० वर्षीय भद्र बहादुर थापामाथि चक्कु प्रहार भएको हो ।

चक्कु प्रहार गर्ने व्यक्ति सोही ठाँउ बस्ने थापाकै सानी आमाको छोरा २० वर्षीय पुजन आले रहेको प्रहरीले जनाएकाे छ । आलेले तरकारी काट्ने चक्कुले टाउको, बायाँ हात र दाहिने हातमा प्रहार गरी घाइते बनाएको प्रहरीको भनाई छ ।

चक्कु प्रहरबाट घाइते भएका थापाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको छ । घाइतेको अवस्था मध्यम बोल्न सक्ने रहेको प्रहरी निरीक्षक लामाले जानकारी दिए ।

प्रहरीले चुक्क प्रहार गर्ने पुजन आलेलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !