२० असार २०८१, बुधबार

विप्लव नेतृत्वको नेकपा निकट अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द फेरी पक्राउ

प्रकाशित मिति :  26 April, 2020 5:55 pm


SAMSUNG CAMERA PICTURES
 

दाङ, १४ वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले आज रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय दाङले २ हजार रुपैँयामा धरौटी रिहा गर्न आदेश दिएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि नै चन्दलाई अछामबाट पक्राउ गरेर अहिलेसम्म आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाईसकेको छ ।

सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, र दाङको जेल तथा राखिएको थियो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी भगवानराजले अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालयले रिहा गर्ने आदेश दिइसकेको बेला पनि प्रहरीले पुनः गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।

भगवानराजले प्रधानमन्त्री ओलीको ठाडो आदेशमा राजनीतिक पूर्वाग्रही ढंगले गिरफ्तार गरिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !