१७ आश्विन २०८१, बिहिबार

संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ : संविधानविद् आचार्य

प्रकाशित मिति :  19 September, 2023 5:06 pm


काठमाडौँ । संविधानविद् एवं पूर्व राजदूत नीलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् ।

आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् । मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले सबैको भावनालाई समेटेर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुवास नेम्वाङको निधनले ठुलो क्षति पु र्‍याएको बताए ।

उनले नेम्वाङकै कारण दोस्रो संविधान सभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी समेत गरे । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानूनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए । उनले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गरेको पनि बताए ।

उनले भने, ‘देशका सबै पार्टीहरुले आफ्ना निकटम मित्र गुमाएको अनुभव गरेका छन् भन्ने कुरा यस बीचका दिनहरूले देखाइसकेका छन् । सुवासजी एमालेका नेता हुनुहुन्थ्यो । तर साथसाथै नेपाली राजनीतिका पनि बहुतै प्रतिष्ठित, सम्मानित सबैले रुचाएका प्रिय व्यक्ति पनि हुनुहुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस !