१७ आश्विन २०८१, बिहिबार

काठमाडौँमा द्रुत बस सेवा सुरु, यातायात मन्त्री ज्वालाले गरे उद्घाटन

प्रकाशित मिति :  20 September, 2023 11:22 am


काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ ।

उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरू चढेर यात्रा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !