१७ आश्विन २०८१, बिहिबार

नमस्ते पे एप डाउनलोड गरि केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूलाई ५० रूपैयाँ

प्रकाशित मिति :  20 September, 2023 12:04 pm


काठमाडौँ । नमस्ते पे ले नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु ५० प्राप्त गर्ने जनाइएको छ ।

कम्पनीका अनुसार यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ २०८० सम्म लागु हुनेछ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु ५० प्राप्त गर्नेछन् भने प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाइसी प्रमाणित गर्नुपर्ने उल्लेख गरिएको छ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !