१७ आश्विन २०८१, बिहिबार

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति :  21 September, 2023 10:07 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ ।

बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !