१७ आश्विन २०८१, बिहिबार

नेकपा एसको सचिवालय बैठक स्थगित

प्रकाशित मिति :  21 September, 2023 12:54 pm


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

बिहान साढे १० बजे पार्टी कार्यालयमा आलोकनगरमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

बैठकमा १४ असोजदेखि सुरू हुने समाजवाद जागरण यात्राबारे पनि छलफल हुने भनिएको थियो । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँको सवारी अस्तव्यस्त बन्दा नेताहरू आउन नपाएपछि बैठक स्थगित भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !