१७ आश्विन २०८१, बिहिबार

विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

प्रकाशित मिति :  21 September, 2023 1:01 pm


काठमाडौँ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालको पहिलो विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुने । नाडा अटो शो २०८० मा औपचारिक रूपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखिय बुकिङ रहेको कम्पनीले जानकारी गराएको छ ।

३८।६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २८० किलोमिटर ९एन।इ।दि।सी।० रेन्ज दिन्छ । यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने, यसको टर्क २ सय २० एनएम रहेको छ। उक्त गाडीको पेलोड १४०० किलो रहेको छ ।

सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ। यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो। १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो विद्युतीय ट्रकका अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्युतीय ट्रकले पूर्णक्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !