१७ आश्विन २०८१, बिहिबार

केन्याले विपद् व्यवस्थापनका लागि आपत्कालीन टोली गठन गर्ने

प्रकाशित मिति :  21 September, 2023 1:18 pm


काठमाडौँ । केन्याले एल निनो वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र तयारीका लागि छलफल गर्न राष्ट्रिय आपत्कालीन समिति गठन गर्ने भएको छ ।

केन्याका उपराष्ट्रपति रिगाथी गचागुवाले सो समितिले एल निनो वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न रणनीतिक योजना तर्जुमा गर्ने बताए । उनले अर्को हप्ता सो समितिको बैठक बोलाइएको जानकारी दिए ।

गचागुआले भारी वर्षाका कारण हुनसक्ने कुनै पनि प्रकोपका लागि तयारी गर्न विभिन्न क्षेत्रहरुसँग आह्वान गरे। प्रविधिसँगै विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्दै उनले सेप्टेम्बरदेखि जनवरीसम्म वर्षाबाट विपद् निम्तिनसक्ने बताए ।

केन्या मौसम विभागले गत हप्ता यस वर्ष सेप्टेम्बरदेखि जनवरीसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो ।



प्रतिक्रिया दिनुहोस !