१७ आश्विन २०८१, बिहिबार

कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित

प्रकाशित मिति :  21 September, 2023 2:56 pm


काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनीत भएका छन् । आज केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

डा चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटालाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

भण्डारी महाधिवेशनमा उपसभापति उम्मेदवार भई पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । केन्द्रीय सदस्यमा मनोनीत मानबहादुर विश्वकर्मा जीवन परियारसँग सहमहामन्त्रीमा पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !