१७ आश्विन २०८१, बिहिबार

उद्योग समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने

प्रकाशित मिति :  21 September, 2023 4:33 pm


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो । समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए ।

उनले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरू, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारवाहीहरूका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताए । उनले समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताए ।

सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरू धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गरे । उनले काठमाडौँ उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताए । उनले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए ।

सभापति खानले चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृत्रिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !