१७ आश्विन २०८१, बिहिबार

अध्यागमनहरूको कमजोरी पहिचान गरी सच्याउनुपर्छ :सांसद बराल

प्रकाशित मिति :  22 September, 2023 3:25 pm


काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरूको अध्ययन जरुरी रहेको बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अध्यागमनहरूको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरूलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

उनले बढी नेपालीहरू रहेको देशमा रहेका नेपाली दूतावासहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरूलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गरिन् ।

उनले सम्बन्धित देशमा नेपालीको संख्या कति छ ?भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् ।

सांसद बरालले विदेशस्थित दूतावासहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुको सेवालाई सहज बनाउनुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !