१७ आश्विन २०८१, बिहिबार

मुलुकमा धार्मिक द्वन्द्व फैल्याउन खोजे कारबाही हुन्छ: गृहमन्त्री

प्रकाशित मिति :  22 September, 2023 5:17 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरूलाई अपिल गरेका छन् ।

व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरे ।

शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उनले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए ।

एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले भने, ‘हाम्रो मुलुकको रक्षा गर्नु, एकतालाई सुदृढ गर्नका निम्ति पनि हामीले धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई बलियो बनाउनुपर्ने हुन्छ । यसको रक्षा गर्नैपर्ने हुन्छ । त्यसकारणले गर्दाखेरी हामीले यसले बढी ग(, हामीले किन नगर्ने रु भनेर धार्मिक संस्थाहरूले सोच्नुहुन्न भन्ने मेरो अनुरोध छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि गर्नेमाथि कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए ।



प्रतिक्रिया दिनुहोस !