१८ आश्विन २०८१, शुक्रबार

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

प्रकाशित मिति :  24 September, 2023 11:16 am


काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिनायताकै न्युन बिन्दुमा झरेको छ ।

सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३।०३७ अर्ब डलर पुगेको हो । दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो ।

सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३।९० अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !