१८ आश्विन २०८१, शुक्रबार

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले सोधे स्पष्टिकरण

प्रकाशित मिति :  24 September, 2023 1:28 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टिकरण सोधेका छन् ।

डा. बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्री बस्नेतले स्पष्टीकरण मागेका छन् । बोर्ड स्वायत्त निकाय हो । यसअघि नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्री सुदन किरातीले यही शैलीमा स्पष्टिकरण सोधे पनि पछि हटेका थिए ।

सुरुमा बिमा बोर्डलाई प्रभावकारी बनाउने बताएका स्वास्थ्यमन्त्री बस्नेतले उल्टै कार्यकारी निर्देशक हटाउने तयारीमा लगेका छन् । कर्मचारी अभावले बोर्ड अफ्ठेरोमा छ ।

मन्त्री बस्नेतले जनशक्ति व्यवस्थापन नगरेर उल्टै कार्यकारी निर्देशकसँग स्पष्टीकरण मागेपछि विवादमा परेका छन् । मन्त्री बस्नेतले ११ बुँदामा स्पष्टीकरण मागेका ।

बोर्डका कार्यकारी निर्देशक बसौलाले पनि स्पष्टिकरण सोधिएको पुष्टि गरेका छन् । बिमा बोर्ड अहिले पनि अस्थायी कर्मचारीका भरमा छ ।

स्थायी संगठन संरचना र दरबन्दी नहुँदा काम प्रभावकारी नभएको भन्दै कार्यकारी निर्देशक बसौलाले पटक पटक गुनासो गर्दै आएका छन् ।

बोर्डले दुई वर्षअघि नै स्थायी ९२५ र करार ४२ गरी ९६७ कर्मचारी नियुक्तिको प्रस्ताव स्वास्थ्य मन्त्रालय पठाएको थियो । अहिलेसम्म दरबन्दी स्वीकृति नभएको कार्यकारी निर्देशक बसौलाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !