२० असार २०८१, बुधबार

कोरोना उद्गम स्थल वुहानमा संक्रमित संख्या शून्य,अमेरीकामा झण्डै ५५ हजारको ज्यान गयो

प्रकाशित मिति :  27 April, 2020 7:40 am


काठमाण्डौं, १५ वैशाख ।

चीनको वुहान शहरमा पहिलो पटक कुनैपनि संक्रमित नभेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

कोरोनाको सुरुवात भएको वुहानमा पछिल्लो २४ घण्टामा कोहीपनि कोरोना संक्रमणका विरामी अस्पताल भर्ना नभएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अब वुहानमा एक जनापनि कोरोना संक्रमित छैनन् ।

७६ दिनपछि वुबेइ प्रान्तको राजधानी वुहानमा अफ्रिल ८ मा लकडाउन हटाईएको थियो । चीनको राष्ट्रीय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंन्गले वुहानमा स्वास्थ्यकर्मीको कडा मेहेनत र उनीहरुलाई गरिएको सहयोगका कारण यो सम्भव भएको बताएका छन् ।

अयोगका प्रवक्ता फेंन्गले शुक्रबार अन्तिम संक्रमितलाई अस्पतालबाट विदा गरिएपछि वुहान कोरोना संक्रमित शून्य भएको छ ।

हुब्इको स्वास्थ्य आयोगले शनिबार मात्रै वुहानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको थियो । तर, अब अस्पतालमा कुनैपनि संक्रमित नरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यसैबीच, विश्वभर कोरोनाका कारण मर्नेको संख्या २ लाख ६ हजार ४ सय पुगेको छ भने संक्रमितको संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । जसमा अमेरीकामा मात्रै ५४ हजार ८ सय ५६ को मृत्यु र ९ लाख ६५ हजार ४ सय २६ संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !