१८ आश्विन २०८१, शुक्रबार

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा

प्रकाशित मिति :  24 September, 2023 2:24 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छन् ।

आइतबार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन् ।

उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौति रहेको पनि बताइन् । शर्माले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौति थपेको बताइन् ।

“अहिलेको हाम्रो अभिव्यक्ति स्वतन्त्रता सहितको संघीय, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था, हामीले जे प्राप्ति गरेका छौँ, त्यो प्राप्तिका पछि पनि चानचुने जोखिम छैन । पत्रकारिता क्षेत्रले पनि उत्तिकै जोखिम मोलेको छ, राजनीतिक क्षेत्रले पनि त्यत्तिकै जोखिम मोलेको छ ।”उनले भनिन्’ “अहिले कसैमा पनि भावना सकारात्मक छैन । राजनीतिक व्यक्तिप्रति किन सकारात्मक छैन धारणा भन्दा यहाँ नकारात्मक प्रवृत्ति हाबी छ । सकारात्मक प्रवृत्ति किनारामा छन् । त्यसकारण सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपर्छ ।”

मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताइन् । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तिपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवालाई सम्मान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !