१८ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता

प्रकाशित मिति :  25 September, 2023 10:09 am


काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनरसहित सम्मान गरेको थियो। प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् ।

भेटवार्तामा नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ। विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।



प्रतिक्रिया दिनुहोस !