१८ आश्विन २०८१, शुक्रबार

राप्तीमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  25 September, 2023 4:59 pm


काठमाडाैँ । दाङको राप्ती गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारको सुशासन प्रवर्द्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने बताए ।

भ्रष्टाचारले मानिसको इज्जत ,मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताए। उनले भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरू जिम्मेवार भएर आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने समेत बताएका छन् ।

कार्यक्रममा सहभागिताहरूले आ-आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरूको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीको दिएका थिए ।

त्यस्तै विषयवस्तु उपर प्रस्तुतिकरण कार्यालयका शाखा अधिकृत नारायण ढकालले गरेका थिए । कार्यक्रममा भ्रष्टाचारको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल चलाइएको थियो ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायतले आ -आफ्नो भनाइ राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !