पाल्पाको मिसन अस्पतालमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु
प्रकाशित मिति : 26 September, 2023 7:45 am
पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
डेंगु संक्रमण देखिएपछि उनी असोज ५ गते उिचारका लागि तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकाक्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
उनलाई डेंगुका साथै स्क्रबटाइफ समेत पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।