१८ आश्विन २०८१, शुक्रबार

इन्द्रजात्रामा यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

प्रकाशित मिति :  26 September, 2023 9:19 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकालले इन्द्रजात्राको अवसरमा असोज ११ गतेदेखि विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने जनाएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

जारी सुचनामा असोज ११ गते असोज वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको जनाएको छ ।

त्यस्तै असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारीमा रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !