१८ आश्विन २०८१, शुक्रबार

अभियन्ता ईःसँगै उभिए एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राप्रपा अध्यक्ष थापा

प्रकाशित मिति :  26 September, 2023 2:13 pm


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राप्रपा नेपालका अध्यक्ष कमल थापाले अभियन्ता ईः को प्रदर्शनमा एक्यबद्धता जनाएका छन् ।

मंगलबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अघि ईः सँगै उभिएर दुवै नेताले अभियानमा साथ रहेको जनाएका छन् ।

फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रुरतापूर्ण व्यवहार गरेको भन्दै अभियन्ता ईःले उभिएर महानगरको विरोध गरिरहेका छन् ।
एमाले उपाध्यक्ष पाण्डेले सडक–साइकल–गाडा परम्परागत मजदुरउद्यमीलाई विस्तापित गर्न बन्द गर । विकल्प देउ भन्ने प्लेकार्ड लिएका छन् ।

त्यस्तै थापाले , ‘मलाई बालेन मन पर्छ । मलाई ईस् मन पर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ ।’ भन्ने प्ले कार्ड छातीमा टाँसेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउन बसेको अभियान्ताहरु ईः ले बताए ।

ईः को आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष थापाले ईः ले उठाएका मुद्दा जायज भएको प्रतिक्रिया दिएका छन्।



प्रतिक्रिया दिनुहोस !