देशमा अतुलनीय योगदान दिएका व्यक्तिलाई नयाँ पुस्तामा चिनाउनुपर्छ : महामन्त्री थापा
प्रकाशित मिति : 26 September, 2023 6:15 pm
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताएका छन् ।
मंगलबार दिव्य शताब्दी पुरुष डा। दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा।गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने बताए ।
उनले डा। दासले गरेका जीवनका कामहरूको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको बताए । उनले नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने बताए ।
महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनी नथाकी कन जनसेवामा खटिने व्यक्तिहरूलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताए ।