१८ आश्विन २०८१, शुक्रबार

चार देशका राजदूतले लिए शपथ

प्रकाशित मिति :  27 September, 2023 1:39 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।

उक्त अवसरमाकानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !