१८ आश्विन २०८१, शुक्रबार

भारतको दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन

प्रकाशित मिति :  27 September, 2023 2:06 pm


काठमाडौं । भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गरेका हुन् । फ्युल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ ।

डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरूको तुलनामा यो पर्यावरण अनुकूलन हुने विश्वास रहेको छ । यस वर्षको अन्त्यसम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !