१८ आश्विन २०८१, शुक्रबार

काठजन्य सामग्रीहरू विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रका लागि राम्रो होइनः उद्योगमन्त्री रिजाल

प्रकाशित मिति :  27 September, 2023 3:42 pm


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरू विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रका लागि सुखद् नभएको बताएका छन् ।

बुधवार फर्निचर फर्निसिङका उत्पादनको वृहत प्रदर्शनी, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले नेपालमा नै काठजन्य वस्तुहरूको उत्पादनमा प्रशस्त सम्भावना रहे पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले वन पैदावारबाट हुने कच्चा पदार्थमा आधारित सामाग्रीहरूको फर्निचर तथा फर्निसिङ व्यवसायले आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । उनले देशभित्रै उपलब्ध हुनसक्ने कच्चा पदार्थको सहज उपलब्धता र उत्पादन सरकारले नीतिगत र कानूनी सुधार गर्न तयार रहेको बताए ।

उनले नेपालमा हरेक वर्ष अर्बौँ रुपैयाँको फर्निचर तथा फर्निसिङका सामग्रीको खपत हुँदै आइरहेको बताए । रिजालले फर्निचर तथा फर्निसिङ क्षेत्रमा भएको लगानीबाट सिर्जना गरेको रोजगारी र राजश्वमा राज्यलाई पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।

रिजालले ठूलो लगानी भएपनि फर्निचर क्षेत्रमा आधा भन्दा बढी आयातित सामानमा निर्भर हुनुपर्ने बाध्यतालाई सुधार गर्न आवश्यक रहेको उल्लेख बताए । उनले सरकारले आन्तरिक उत्पादन बढाउने आयात घटाउने नीतिलाई प्राथमिकता दिँदै आएको दाबी गरे । उद्योगमन्त्री रिजालले नेपालको मौलिक कला संस्कृति झल्कने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानलाई समेत फर्निसिङ व्यवसायमा आवद्ध गरी प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले फर्निचर तथा फर्निसिङमा काम गर्ने दक्ष कामदारको अभावले उद्योग नै धरासायी बन्ने सम्भावना बढ्दै गएको बताए । उनले पछिल्लो समय दक्ष जनशक्तिको अभावको कारण उत्पादन क्षमता समेत घट्दै गएको बताए । उनले सीप र तालिमको अभावले फर्निचर तथा फर्निसिङका सामानहरू लोप हुने सम्भावना बढेको बताए ।

बुधवारदेखि शुरु भएको फर्निचर तथा फर्निसिङ मेलामा १०० भन्दा बढी स्टलहरू रहेका छन् । मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस !