१८ आश्विन २०८१, शुक्रबार

एम्बुलेन्सका लागि निवेदन दिन गाउँपालिकालाई काठमाडौँ महानगरको आह्वान

प्रकाशित मिति :  27 September, 2023 4:05 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न निवेदन माग गरेको छ ।

महानगरले चालु आर्थिक वर्ष २०८०\०८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ ।

महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार इच्छुक गाउँपालिकाले एम्बुलेन्स मागका लागि निवेदन दिन सक्नेछ । कार्यपालिकाको निर्णय समेत अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष २०८०\०८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा महानगरले गरेको थियो ।

सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !