१८ आश्विन २०८१, शुक्रबार

राष्ट्र बैंकले बढायो सुन आयातको कोटा

प्रकाशित मिति :  27 September, 2023 6:03 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा बढाएको छ ।बुधबार राष्ट्र बैंकले एकिकृत परिपत्र जारी गर्दै सुन आयातको कोटा बढाएको हो ।

यसभन्दा अगाडी दैनिक १० किलो सुन आयात गर्न सकिनेमा राष्ट्र बैंकले अब दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने उल्लेख गरेको छ । राष्ट्र बैंकले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न नपाइने उल्लेख गरको छ ।

राष्ट्र बैंकको एकीकृत परिपत्रमा भनिएको छ,”व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चातका महिनाहरुमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन ।”



प्रतिक्रिया दिनुहोस !