१८ आश्विन २०८१, शुक्रबार

माओवादी नेता बडुवालको निधन

प्रकाशित मिति :  28 September, 2023 9:46 am


काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ।

पछिल्लो समय निमोनियाबाट पीडित बडुवालको स्वास्थ्यमा समस्याादेखि पछि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनका दाजु भगत बडुवालले बताए ।

जनतासँग माओवादी अभियानका क्रममा डोटीको बडीकेदार र जोरायल क्षेत्रमा खटिएका बडुवालको स्वास्थ्यमा समस्या बढेपछि कैलालीमा सामान्य उपचारका क्रममा थिए ।

उनी १० वर्षे जनयुद्धताका सुर्खेत जेल ब्रेकरको रूपमा पनि परिचित थिए । उनले २०७१ असोज २० गते डोटीबाट दसैँ मनाएर कैलाली फर्किने क्रममा डोटीकै जोरायलमा बस दुर्घटना हुँदा श्रीमती र छोरा गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस !