१८ आश्विन २०८१, शुक्रबार

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

प्रकाशित मिति :  28 September, 2023 11:53 am


काठमाडौं । चितवनको देवघाटमा दुईजना बेपत्ता भएका छन् । बिहीबार विहान ७ बजेतिर नारायणी नदिस्थित देवघाटमा नुहाउने क्रममा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल रहेका छन् ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए ।

प्रहरीका अनुसार वेपत्ता भएका उनीहरुको खोजी भइरहेको भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !