१८ आश्विन २०८१, शुक्रबार

सर्लाहीमा जलाउन राखिएको अवस्थामा युवतीको शव बरामद

प्रकाशित मिति :  28 September, 2023 1:54 pm


काठमाडौं । प्रहरीले सार्लाहीमा जलाउनको लागि चित्तामा राखेको शव बरामद गरेको छ । प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट युवतीको शव बरामद गरेको छ ।

रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ ।

प्रहरीका अनुसार मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो । अहिले मनिषाको शव पोष्टमार्टमका लागि सर्लाहीको प्रादेशिक अस्पतालमा राखिएको छ ।

उक्त घटनाबारे थप अनुसन्धानको लागि परिवारका ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !