१८ आश्विन २०८१, शुक्रबार

संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् : सभामुख घिमिरे

प्रकाशित मिति :  28 September, 2023 4:02 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताए ।

उनले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए ।

घिमिरेले कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भूमिका खेल्नुपर्ने बताए ।

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जबाफदेही बनाउनका लागि, विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !