१८ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै

प्रकाशित मिति :  29 September, 2023 7:52 am


काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

स्थानीय समयअनुसार ९ : ४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासाबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रचण्डले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने बताइएको छ ।

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ताको कार्यक्रम तय छ । प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहाल र भ्रमण दलका सदस्य शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !