१८ आश्विन २०८१, शुक्रबार

हुथी समूहको व्यापक प्रदर्शनीपछि यमनको मन्त्रीपरिषद् बर्खास्त

प्रकाशित मिति :  29 September, 2023 12:48 pm


काठमाडाैँ । यमनको हुथी विद्रोहीहरूले मन्त्रीपरिषद् बर्खास्त गरेका छन् । राजधानी सानामा मुस्लिम अगमवक्ता मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा समूहका नेता अब्दुलमालिक अल हुथीले यसको घोषणा गरेका हुन् ।

उनले अब नयाँ र सक्षम मन्त्रीपरिषद्को गठन हुने बताए । नीति सुधार गर्न, जनताको सेवा गर्न र आर्थिक समस्या समाधान गर्न नयाँ मन्त्रीपरिषद्ले भूमिका खेल्ने उनले बताए । विद्रोही सेना, साना, होदेइदाह र इब्ब प्रान्तका सडकमा बासिन्दाहरुबीच झडप भएको एक दिनपछि यो कदम चालिएको हो ।

आन्दोलनकारीहरूले पारिश्रमिक, राम्रो सरकारी सेवा, विद्युत्, स्वच्छ पानीको पहुँच र आर्थिक गतिविधि चलायमान बनाउन माग गर्दै आएका थिए ।

क्रान्ति दिवसको ६१ औँ वार्षिकोत्सव मनाउन सानाको डाउनटाउनको अल ताहिरिर स्क्वायरमा भेला भएका मानिसहरूको बीचमा मंगलवार झडप भएको थियो । यमन सन् २०१४ देखि गृहयुद्धमा छ ।



प्रतिक्रिया दिनुहोस !