१८ आश्विन २०८१, शुक्रबार

एमाले बाग्मती प्रदेशको नेतृत्व चयनको लागि मतदान जारी

प्रकाशित मिति :  29 September, 2023 3:32 pm


काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

सर्वसम्मतीको प्रयास विफल भएपछि शुक्रबार मतदान सुरु भएको हो। मतदानमा उम्मेदवारहरू प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल, उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार बनेका छन् ।

ढुंगेल पक्षबाट उपाध्यक्षमा बागमती प्रदेशका पुर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित, उपसचिवतर्फ ललितपुरका प्रेमबहादुर महर्जन, काभ्रेकी गीता गौतम ढकाल उम्मेदवार छन् ।

बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबारदेखी सुरू भएकाे अधिवेशनको आजसम्म आइपुग्दा १६२ जना निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनमा मनोनीतसमेत गरी ११ सय ६९ जना प्रतिनिधि छन् ।



प्रतिक्रिया दिनुहोस !