१८ आश्विन २०८१, शुक्रबार

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  29 September, 2023 3:45 pm


काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्यमन्त्री र आन्दोलनरत चिकित्सकहरुसँग छलफल पछि समितिले दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने’ समितिका सभापति भानुभक्त जोशीले बताए ।

समितिले चिकित्सक एवंम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्तामार्फत गर्न र चिकित्सकहरु पेशगत क्षेत्रमा नियमित हुने वातावरण सृजना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गरिने सभापति जोशीले बताए ।



प्रतिक्रिया दिनुहोस !