१८ आश्विन २०८१, शुक्रबार

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

प्रकाशित मिति :  29 September, 2023 4:48 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताए ।

दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानुन ल्याएपनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाई छ । उनले स्वास्थ्यकर्मीहरुको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए । शान्ति सुरक्षाको हिसाबले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको उनले बताए ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताए । उनले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरीकाले व्यवस्थापन मिलाइएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !