१८ आश्विन २०८१, शुक्रबार

‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ’

प्रकाशित मिति :  29 September, 2023 5:10 pm


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोशिस भइरहेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै दर्ता गर्ने कोशिस भइरहेको बताएकी हुन् ।

मन्त्री देवीले चालु अधिवेशनमै विधेयक दर्ता हुने विश्वास पनि व्यक्त गरिन् । उनले क्रसर व्यवसायीहरुको मागप्रति सरकार चिन्तित भएको भन्दै समस्या समाधानको पहल गर्ने बताइन् ।

मन्त्री देवीले के–कति क्रसर उद्योगहरु आधिकारिक र अनाधिकृत रुपमा चलिरहेको छन् भन्ने तथ्यांक समेत सरकारसँग नभएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !