१८ आश्विन २०८१, शुक्रबार

पूर्वअरनिको यातायातले निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनको आदेश

प्रकाशित मिति :  29 September, 2023 5:24 pm


काठमाडौं । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो ।

आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाण सहित म्याद, सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिन भित्र आफैं वा कानुन बमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई भनेको छ ।

दुवै पक्ष राखेर छलफल गरेपश्चात् मात्र अन्तरिम दिने वा नदिने भएकोले १४ असोजमा छलफलको लागि अदालतले पेशी तोकिदिएको छ ।

अदालतले काठमाडौं महानगरलाई आदेशमा भनेको छ, ‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ ९२० ९ख० तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० ९क० बमोजिम विपक्षीहरुका नाममा अल्पपकालिन अन्तरिम आदेश गरिएको छ।’



प्रतिक्रिया दिनुहोस !