१८ आश्विन २०८१, शुक्रबार

आजदेखि सोह्र श्राद्ध शुरु

प्रकाशित मिति :  30 September, 2023 8:32 am


काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले हरेक वर्षको आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध गरिन्छ ।

आज प्रतिपदा र द्वितीया तिथि एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पितृ कर्मलाई सनातन संस्कारको मूख्य कर्मको रुपमा मानिएको छ ।

दशैं तिहार र अन्य चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

आजको दिनदेखि १६ दिनसम्म पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दुधर्मालम्बीहरुले पितृ कर्म गर्ने अर्थात श्राद्ध गर्ने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !