१८ आश्विन २०८१, शुक्रबार

विष्णुशीतल फाउन्डेशले गर्याे रामबाबू विष्ट प्रतिभा पुरस्कारको सौजन्य

प्रकाशित मिति :  30 September, 2023 12:51 pm


काठमाडौँ। प्रस्तावित विष्णुशीतल फ़ाउन्डेशनले सामाजिक सेवाको शुरुवात गर्दै रामबाबू विष्ट प्रतिभा पुरस्कारको सौजन्य गरेको छ । 

कीर्तिपुर नगरपालिका वडा नं ५ विष्टगाउँ निवासी स्वर्गीय रामबाबू विष्टको नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पवित्र भावनाको सम्मान स्वरुप पुरस्कारकाे साैजन्य गरिएकाे हाे। स्थानीय विद्यालयमा उत्कृष्ठ छात्रालाई ससम्मान पुरस्कृत गरेर सेवाको शुरुवात गरिएकाे छ।

कीर्तिपुर नगर पालिकाको भत्केपाटीस्थित बालकुमारी माध्यमिक विद्यालयकी छात्रा भगवती श्रेष्ठलाई २०७९ सालको एसईई परीक्षामा विद्यालयमा छात्रातर्फ सबैभन्दा बढी अंक(जिपीए ३.३५) ल्याई माध्यमिक शिक्षा उत्तीर्ण गरेकोमा उक्त पुरस्कार प्रदान गरिएको छ। 

हालै एक कार्यक्रम आयोजना गरी विद्यालयले छात्रा श्रेष्ठलगायत कक्षा एकदेखि १० सम्मका प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत गरेको हाे। 

कार्यक्रम आयोजना गर्न र पुरस्कार वितरण ब्यबस्थापन गर्न फ़ाउण्डेशनलाई मनमैंजु साँस्कृतिक समाजका अध्यक्ष तथा बरिष्ठ लोक गायक ध्रुबराज खड्का, कृषि सञ्चार रेडियो प्रसारक तथा गीतकार श्यामकृष्ण रिजाल बरिष्ठ सञ्चार कर्मी एवम जिएनएन टेलिभिजनका प्रबन्ध सम्पादक चन्द्र बानियाँले सहजीकरण गरेका थिए।

छात्रा श्रेष्ठलाई फ़ाउन्डेशनले नगद १० हजार पुरस्कार तथा प्रमाण पत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रममा बरिष्ठ लोक गायक ध्रुबराज खड्काले स्वर्गीय विष्टको सामाजिक भावना र नव प्रतिभाहरुलाई सधैँ प्रोत्साहित गर्ने आकांक्षा रहेको संमरण गरे।

प्रतिभा पुरस्कार स्वर्गीय विष्टकी धर्म पत्नी लीला विष्टको हातबाट प्रदान गरिएको थियो । प्रस्तावित विष्णुशीतल फ़ाउन्डेशन अमेरिका र नेपालका सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरु लिएर जाने तयारीमा रहेको यसका संरक्षक विष्णु पौडेल शीतलले जानकारी गराए।



प्रतिक्रिया दिनुहोस !