१८ आश्विन २०८१, शुक्रबार

चाडपर्वको मुखमा महँगी बढाएको भन्दै रास्वपाले गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

प्रकाशित मिति :  1 October, 2023 11:20 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा नजाने निर्णय गरेकाे छ । प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएका थिए ।

चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।

“चाड पर्वको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोधस्वरुप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ”, सभापति लामिछानेले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !