१८ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

प्रकाशित मिति :  1 October, 2023 1:54 pm


काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

भर्खरै सकिएको अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएको भोलिपल्ट नै संसदमा सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक केहीबेरमा बस्दैछ ।



प्रतिक्रिया दिनुहोस !