१८ आश्विन २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  1 October, 2023 1:49 pm


काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी बढाएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिने निर्णय गरेको हो ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँ मूल्य बढाइएको थियो ।

तर अब सरकारको निर्णयसँगै पुरानै मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ कायम हुने छ । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाएको मूल्य पनि फिर्ता हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !