१८ आश्विन २०८१, शुक्रबार

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छः प्रहरी महानिरीक्षक कुवँर

प्रकाशित मिति :  1 October, 2023 2:14 pm


काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताएका छन् ।

आइतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । उनले विभिन्न अध्ययनहरूले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरूकाे स्वास्थ्यमा जोखिम बढी देखिएको बताए ।

उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरूको सदभाव सहयोग आवश्यक रहेको बताए । विभिन्न अध्ययनहरूले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको उनको भनाइ छ ।

उनले सडक दुर्घटनाका कारक तत्वहरू पैल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरू लगाउन सकिएमा क्षेति न्युनिकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । उनले प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गरे ।

महानिरीक्षक कुँवरले बढ्दो शहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९\०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौँ उपत्यकामा गुड्ने गरेको बताए ।

उनले नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमिको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गरे । कुँवरले काठमाडौँ उपत्यकामा १ हजार ३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १ हजार ८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !