१८ आश्विन २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आजै राति १२ बजेदेखि लागु हुने

प्रकाशित मिति :  1 October, 2023 2:49 pm


काठमाडौँ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिइएको जानकारी दिएको छ। निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

“प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ” निगमले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ।



प्रतिक्रिया दिनुहोस !