१८ आश्विन २०८१, शुक्रबार

भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छः माओवादी केन्द्र

प्रकाशित मिति :  1 October, 2023 3:16 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन् । उनले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए ।

उनले अहिले चुनौति भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे ।

उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे । उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए ।

सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !