१८ आश्विन २०८१, शुक्रबार

संयुक्त राष्ट्रसंघको महासभामा देखिनेगरी नेपालको प्रतिनिधित्व गरियो :प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  1 October, 2023 4:02 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभामा यसपटक देखिने गरी नेपालको प्रतिनिधित्व भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई चीन भ्रमण र राष्ट्रसंघीय महासभामा सहभागिताको बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले यसपटक महासभाको सहभागिता देखिने र सुनिने गरि भएको बताए ।

उनले महासभामा जलवायु परिवर्तनको असर, अल्पविकसित देशहरूको समस्या र शान्ति प्रक्रियाका बाँकी कामहरुको बारेमा राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो धारणा राखेको जानकारी दिए ।

उनले भने, “नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसंघ र संसारको सद्भाव प्राप्त गर्नका लागि र नेपालमा द्वन्द्वबाट शान्तिमा रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासको लक्ष्यहरू कार्यान्वयन र जलवायु परिवर्तनको प्रभावहरूबारे नेपाल लगायत अतिकम विकसित देशहरूको लागि विश्व समुदायको ध्यानाकर्षण गर्ने विषयमा नेपाल देखिने गरि प्रस्तुत हुन सफल भएको छ” ।

अमेरिकाको न्यूयोर्कमा महासभामा सहभागितापछि दाहालले चीनको भ्रमण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !